arrow

संक्रमितको उपचार गर्ने निजी अस्पताललाई अनुदान

logo
प्रकाशित २०७७ भदौ १ सोमबार
health_ministry.JPG

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को संक्रमितको उपचार गरेवापत अनुदान उपलब्ध गराउनका लागि निजी अस्पतालसँग बिरामी सङ्ख्या माग गरेको छ । 

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोभिड–१९ का शङ्कास्पद तथा संक्रमित व्यक्ति राखी उपचार गर्ने अस्पताललाई अनुदानका लागि संक्रमित कति दिन अस्पतालमा बसेको र संक्रमितको सङ्ख्या माग गरेको जानकारी दिए । 

उनका अनुसार लक्षण नभएका वा सामान्य लक्षण भएका बिरामीका लागि रु २००, लक्षण नभएका वा सामान्य लक्षण भएका दुई हजार, सामान्य लक्षण भएकालाई तीन हजार ५००, मध्यम जटिल बिरामी सात हजार र जटिल र गम्भीर प्रकृतिका बिरामीलाई १५ हजार प्रतिदिन दिनका लागि सङ्ख्या माग गरिएको हो । रु २०० घरमा स्वास्थ्यकर्मीले क्लिनिकल निगरानी गर्दा लाग्ने खर्च र रु दुई हजार आइसोलेशन केन्द्रमा बसेको खर्च अनुदान दिनका लागि तोकिएको छ । 

मन्त्रालयले कोभिड–१९ को संक्रमणको उपचार वापत अस्पताललाई अनुदान उपलब्ध गराउनेसम्बन्धी आदेश २०७७ ल्याएर निजी अस्पताललाई पनि कोभिड–१९ का संक्रमितको उपचार गर्न दिएको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ