arrow

९८ औँ जन्मदिन मनाउन धुलिखेल आएका बृद्धको कोरोनाबाट मृत्यु

logo
प्रकाशित २०७७ भदौ २ मंगलबार
senoir-citizen.jpg

काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिका–७ का ९८ वर्षीय बृद्धको कोरोना संक्रमणबाट मंगलबार मृत्यु भएको छ । पिशाव बन्द भएपछि उपचारार्थ धुलिखेल अस्पतालमा रहेका ती बृद्धको एक हप्ताअघि कोरोना संक्रमण पुष्टी भएको थियो ।

प्लाज्मा थेरापीमार्फत कोरोना भाइरसको उपचार गर्ने तयारी भइरहेका बेला बृद्धको मृत्यु भएको धुलिखेल अस्पतालले जनाएको छ । बृद्ध पछिल्लो समय परिवारका साथ बानेश्वर बस्दै आएको नपा–७ का वडाध्यक्ष रोमीप्रसाद ब्याञ्जूले बताए । उनका अनुसार ९८ औँ जन्मदिन मनाउन धुलिखेल आएको अघिल्लो दिन अर्थात् साउन २८ गतेनै उनलाई धुलिखेल अस्पताल लगिएको थियो ।
 
यससँगै काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । यसअघि गत साउन २६ गते कोरोना संक्रमणबाट पाँचखाल नपा–२ को एक ५० वर्षीया महिलाको काठमाडौँस्थित किष्ट अस्पतालमा मृत्यु भएको थियो । बृद्धलाई कोरोना देखिएलगत्तै उनसँगै बस्ने छोरा र बुहारी कोरोना संक्रमण देखिएपछि दुबै जना काठमाडौँमा उपचाररत रहेको बताइएको छ । उक्त परिवारमा १२ सदस्य छन् । ती मध्ये थप सातलाई मंगलबार कोरोना संक्रमण पुष्टी भएको हो । 

गत साउन २९ गते धुलिखेल अस्पतालमा उपचाररत बृद्धका साथ थप तीन बिरामीमा कोरोना संक्रमण देखिएपछि अस्पताल क्षेत्र सिल गरी बृद्ध तथा अन्य विरामीको सम्पर्कमा रहेको १२० चिकित्सक तथा स्वास्थ्कर्मीलाई क्वारेन्टिनमा राखिएको थियो । बृद्धको सम्पर्कमा रहेका तथा ४८ घण्टाभित्र सङ्कलन भएका १९० चिकित्सक स्वास्थ्यकर्मी रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको थियो ।

यसैबीच, मंगलबार बिहान काभ्रेपलाञ्चोकमा थप १३ जनाका कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबार मृत्यु भएका बृद्धको परिवारको सात र धुलिखेल अस्पतालमा कार्यरत कार्यरत छ स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण पुष्टी भएको हो । नेपालमा कोरोना भाइरस्बाट पहिलोपटक काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोकको २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको थियो ।
 
काभ्रेपलाञ्चोकमा पछिल्लो केही दिनदेखि कोरोना संक्रमण दर बढिरहेको पाइएको छ । सोमबार चारमा संक्रमण देखियो भने आइतबार पाँच, शनिबार नौ र शुक्रबार १० मा संक्रमण देखिएको थियो । हालसम्म काभ्रेपलाञ्चोकका ९४ मा कोरोना संक्रमण देखिएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टका अनुसार कुल संक्रमितमध्ये दुईको मृत्यु भएको छ भने ३२ उपचारपछि घर फर्किएका छन् । बाँकी संक्रमितको आइसोलेशनमा उपचार भइरहेको जनाइएको छ ।

काभ्रेपलाञ्चोकका १३ स्थानीय तहलगायत संस्थाले ८४५ श्ययाको क्वारेन्टिन तथा ३९ श्ययाको आइसोलेशन बेड व्यवस्थित गरेका छन् । पाँच बेडको आइसोलेशन कक्ष व्यवस्थित गरेको बनेपा नगरपालिकाले हाल थप ५० श्ययाको आइसोलेशन कक्ष व्यवस्थित गरिरहेको छ । 

पोष्टका अनुसार हाल स्थानीय तहलगायत संस्थाको क्वारेन्टिनमा ८७ पुरुष र १७ महिला बसेका छन् । छिमेकी भारतलगायत तेस्रो मुलकबाट आएका जिल्लाका ९३८ पुरुष र १९२ महिला क्वारेन्टिनको बसाईपछि घर फर्किएका छन् । हालसम्म तेस्रो मुलुकबाट मात्रै ४२० काभ्रेली घर फर्किएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ