arrow

राष्ट्रपति र प्रधानमन्त्रीबाट राष्ट्रकविप्रति श्रद्धाञ्जलि

logo
प्रकाशित २०७७ भदौ २ मंगलबार
ghimire1.JPG

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको दुःखद् निधनको खबरले आफू स्तब्ध भएको बताउँदै उनप्रति श्रद्धाञ्जलि एवं शोकविह्वल परिवारमा  समवेदना व्यक्त गरेकी छन्।

मंगलबार साँझ ट्वीट गर्दै  राष्ट्रपतिले काव्य र कविताका माध्यमबाट राष्ट्र¸ राष्ट्रियता र नेपाली साहित्यको श्रीवृद्धिमा उनले पुर्‍याएको योगदानलाई सधैँ सम्झिरहने बताएकी छन्। 

 यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि घिमिरेको अवसानबाट नेपालले साहित्य र वाङ्मयका एक विशिष्ट साधक गुमाएको बताएका छन्। उनले पनि मंगलबार साँझ ट्वीट गर्दै साहित्यमार्फत घिमिरेले मुलुकलाई लगाएको गुण नेपाली जनताले कहिल्यै नभुल्ने जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ