arrow

घाँस काट्न भनी आएका दुई भारतीय महिलाबाट ६ लाख बरामद

logo
प्रकाशित २०७७ भदौ ३ बुधबार
indian-money.jpeg

रौतहट । लाखौं रुपियाँसहित दुई महिला पक्राउ परेका छन् । 

विशेष सूचनाका आधारमा  कार्यालय मातहत अस्थायी प्रहरीचौकी महादेवपट्टीबाट असई मनोजकुमार सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले  गौर नगरपालिका वडा नं ३  दशगजा क्षेत्रमा घाँस काट्न भनी आएका दुई भारतीय महिलाका साथबाट स्रोत नखुलेको रु ६ लाख ४० हजार बरामद गरेको रौतहट प्रहरी प्रमुख एसपी रबिराज खड्काले बताए । 

रकमसहित पक्राउ पर्नेमा भारत विहार राज्य जिल्ला सीतामढी बैरगनियाँ ग्राम पञ्चायत वडा नं १ सिन्दुरिया बस्ने  ४५ वर्षीया शान्ति देवी र  ४५ वर्षीया मीना देवी छन् । निजहरुलाई नियन्त्रणमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ