arrow

पूर्वका कुन जिल्लामा कति थपिए संक्रमित ?

logo
प्रकाशित २०७७ भदौ ४ बिहिबार
corona-test-kit.jpg

विराटनगर । प्रदेश नं १ मा बिहिबार ४२ जना कोरोना संक्रमित थपिएका छन् । विगत तीन दिनको संक्रमित हेर्दा भदौ २ गते १३९ जना र ३ गते १२३ जना संक्रमित भएका थिए ।

बिहिबार संक्रमित हुनेमा १३ महिला र २९ पुरुष छन् । जसमा सुनसरीका १२, मोरङका १०, तेह्रथुमका नौ, उदयपुरका तीन, धनकुटा र झापामा एक-एक जना छन् भने प्रदेश बाहिरका छ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

कोरोना संक्रमित देखिनेमा सुनसरीको धरानका तीन महिला तीन पुरुष, कोशी गाउँपालिकाका चार पुरुष, रामधुनी र दुहवीका एक-एक पुरुष, मोरङको बुढीगंगाका दुई महिला दुई पुरुष, सुन्दरहरैचाका एक महिला पाँच पुरुष, तेह्रथुम म्याङलुङका तीन महिला छ पुरुष, उदयपुरको त्रियुगाका एक महिला तीन पुरुष, धनकुटाको शहीदभूमि र झापाको गौरीगञ्जका एक-एक पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 मन्त्रालयका अनुसार प्रदेश बाहिरका महोत्तरीका दुई महिला एक पुरुष, धनुषा र जनकपुरका एक-एक पुरुष र सिरहाका एक महिलामा कोरोना संक्रमण दखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको सङ्ख्या दुई हजार ३९७ पुगेको छ । कोरोनाबाट मुक्त हुने १८ जना बिहिबार घर फर्केका छन् । घर फर्कनेमा  कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट १४ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट चार जना छन् । 

यस प्रदेशमा बिहिबार एक हजार ५०७ जनाको पिसीआर परीक्षण भएको छ । भदौ २ गते दुई हजार ६३१ जना र भदौ ३ गते एक हजार ९४१ जनाको पिसीआर परीक्षण भएको थियो । हालसम्ममा पिसीआर परीक्षण हुनेको सङ्ख्या ७३ हजार ५५३ भएको सामाजिक विकास मन्त्रालयल जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ