arrow

कांग्रेसद्धारा हरितालिका तीजको शुभकामना

logo
प्रकाशित २०७७ भदौ ५ शुक्रबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसले हरितालिका तीज पर्वको अवसरमा शुभकामना व्यक्त गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मेरो व्यक्तिगत र नेपाली कांग्रेस पार्टीको तर्फबाट स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दिदीवहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

विज्ञप्तिमा ‘हाम्रो देश अनेक धर्म, अनेक संस्कृति र अनेक पर्वले समृद्ध छ । यी पर्व हाम्रा पहिचान हुन्, गौरव हुन् । हाम्रो समाजमा सौहार्दता र एकतालाई मजवुत तुल्याउन यी पर्वहरुले योगदान गर्दै आएका छन् । अतः सबै खाले पर्वमा आपसी प्रेम, सद्भाव, विश्वास र भाइचारा व्यक्त गर्ने हाम्रो परम्पराले हाम्रो समाजलाई एक साझा फूलवारीका रुपमा प्रतिविम्वित गर्दै आएको छ ।’ भनिएको छ । 

विज्ञप्तिमा देउवाले भनेका छन्, ‘तीजमा चेलीहरु माइत आउने र पारिवारिक सम्बन्धलाई हार्दिक बनाउन भूमिका निर्वाह गर्ने दृष्टिले पनि यसको विशेष महत्व छ । देश अहिले कोरोना भाइरस ९कोभिड—१९० को महामारीबाट आक्रान्त छ । यस अवस्थामा कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै सामाजिक दूरीलाई कायम राख्दै तीज मनाउन म सबैलाई आग्रह गर्दछु ।’ 

अगाडि देउवाले भनेका छन्, ‘अतः यो पर्वले आजको दिनमा हाम्रो देश, समाज र सबैको पारिवारिक जीवनमा सुखद अपनत्व अभिवृद्धि गर्न सकोस्, म हृदयदेखि पुनः शुभकामना व्यक्त गर्दछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ