कांग्रेस नेता रामहरी खतिवडाको पहलमा रक्तस्राव नरोकिएकी सुत्केरीको हेलिकप्टरबाट ल्याइयो काठमाडौं
प्रकाशित २०७७ भदौ ६ शनिबार
573
Shares
काठमाडौं। ओखलढुंगाको मिसन हस्पिटलमा सुत्केरी गराउने क्रममा भएको अप्रेसन पछि रक्तस्राव नरोकिए पछि मानेभञ्ज्याङ-०१ मोलिको पातली श्रेष्ठ राइलाई थप उपचार गर्न काठमाडौ ल्याइएको छ।
नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले समन्वयमा गएको हेलिकप्टरले राईलाई उपचारका लागि काठमाडौं ल्याएको हो। खतिवडाको समन्वयमा महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण मन्त्रालयले हेलिकप्टर पठाएको हो। खतिवडाले थप उपचारको लागि काठमाडौं ल्याइएकी सुत्केरीको स्वास्थ लाभको कामना गरेका छन्।