arrow

अग्रपंक्तिमा खटिएका चिकित्सक, सुरक्षाकर्मीलगायतको मनोबल बढाउन सरकारसंग तरुण दलको माग

logo
प्रकाशित २०७७ भदौ ८ सोमबार
jitjung-basnet.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले अग्रपंक्तिमा खटिएका चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीमाथि भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ । 

तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले प्रेस विज्ञप्ति जारी गर्दै विषम परिस्थितिमा समाजको अग्रपंक्तिमा रही जोखिमपूर्ण अवस्थामा पनि अनवरत सेवा दिइरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी र अत्यावश्यक सेवा आपूर्तिकर्ताप्रति सम्मान प्रकट गर्दै उनीहरुमाथि दुर्व्यवहार गर्नेलाई कडाभन्दा कडा कार्वाही गर्न माग गरेका छन् । 

त्यसैगरी उनले विज्ञप्तिमा अग्रपंक्तिमा रहेका सेवाकर्मीको मनोबल बढाउने कार्य अगाडि बढाउन सरकारसमक्ष जोडदार माग समेत गरेका छन् । 

उनले विज्ञप्तिमा भनेका छन्, ‘बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको महामारी नेपालमा पनि दिनानुदिन बढीरहेको छ । पछिल्लो समयमा समुदाय स्तरमा नै फैलिएको हो कि भन्ने आशंका पनि गरिएको छ र यसैलाई मध्यनजर गर्द केही दिन देखि देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ । यस्तो विषम परिस्थितिमा समाजको अग्रपंङतीमा रहि  जोखिमपुर्ण अवस्थामा पनि अनवरत रुपमा सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी र अत्यावश्यक सेवा आपूर्तिकर्ता प्रति नेपाल तरुण दल केन्द्रिय समिति उच्च सम्मान प्रकट गर्दछ । साथसाथै विगत केहि दिन देखि लगातार रुपमा देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मी लगाएत समाजको अग्रपंक्तिमा उभिएर सेवा प्रदान गर्ने पेशा, समुदाय प्रति हुँदै आएको दुर्व्यवहार अपहेलाना र आक्रमण प्रति नेपाल तरुण दल केन्द्रिय समितिको गम्भीर ध्यानाकर्षण भएको छ । त्यसैले यस्तो अमानवीय व्यवहारमा संलग्न जोसुकै होस कारवाहीको दायरामा ल्याउन र अग्रपंङतीमा रहेका सेवाकर्मीको मनोबल वृद्धि हुने कार्य अघि बढाउनका निम्ति सरकार समक्ष नेपाल तरुण दल केन्द्रिय समिति जोडदार माग गर्दछ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ