arrow

ओली प्रचण्डबीचको भेट मंगलबारलाई सारियो

logo
प्रकाशित २०७७ भदौ ८ सोमबार
oli-prachanda6.jpg

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सोमबार हुने छलफल स्थगित गरि मंगलबारलाई राखिएको छ। कार्यदलले बुझाएको प्रतिवेदनमाथि कमिटीमा छलफल हुनुअघि दुई अध्यक्ष ओली र दाहालबीच पहिले छलफल हुने कार्यक्रम तय भएको थियो।

महासचिव बिष्णुप्रसाद पौडेल संयोजकत्वमा गठित कार्यदलले ६ भदौमा प्रतिवेदन बुझाएपछि दुई अध्यक्षबीच छलफल गरेर सचिवालय बैठकमा पेश गरिने छ। 

सोमबार हुने भनिएको छलफललाई  मंगलबार सारिएको वालुवाटार निकट नेताले जानकारी दिएका छन् । प्रधानमन्त्री ओली र दाहालले गएको २९ साउनमा गठन गरेको कार्यदललाई १ भदौको सचिवालय बैठकले अनुमोदन गरेको थियो। कार्यदलको प्रतिवेदन सचिवालय र स्थायी कमिटीमा छलफल गरी सहमति खोज्ने शीर्ष नेताहरुले तयारी गरेका छन्। गएको १० असारदेखि शुरु भएको स्थायी कमिटी बैठक पार्टी विवाद उत्कर्ष पुगेपछि अनिश्चित बनेको छ।

१३ साउनमा स्थायी कमिटी बैठकबारे ओली र दाहालले छुट्टा–छुट्टा निर्णय लिएपछि नेकपा विभाजन उन्मुख भएको थियो। तर, कार्यदलले ४ मंसीर २०७६ को निर्णयलाई थप परिभाषित गर्ने र १५–१९ माघ २०७६ को केन्द्रीय कमिटीको निर्णयअनुसार, एकताको महाधिवेशनमा केन्द्रीत हुने प्रस्ताव सहित प्रतिवेदन बुझाएको छ। सो प्रतिवेदन सचिवालय बैठक हुँदै स्थायी कमिटी बैठकमा पेश गरिने जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ