arrow

'संक्रमित उपचार गर्न तर्फ लाग्ने कि सिफारिस लिन मन्त्रालय दौडने'

logo
प्रकाशित २०७७ भदौ ८ सोमबार
nepal-student-union.jpg.jpeg.jpeg

काठमाडौं ।  कोभिड १९ का विरामीलाई आईशोलेशन तथा आईसियु बेडहरुमा भर्ना गर्दा नेपाल सरकारले तोकेका चार जना अधिकृतको सिफारिसबाट मात्र भर्ना  गर्न  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सुचनामा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आपत्ति जनाएको छ ।

नेविसंघ अध्यक्ष राजिव ढुगांनाद्वारा एक विज्ञप्ति जारी गरि  सरकारले कोरोनाको उपचार हुने उपत्यकाका अस्पतालहरुलाई आइसोलेसन र आईसीयूमा बिरामी भर्ना गर्न स्वास्थ्य मन्त्रालयको स्वीकृति लिनुपर्ने उर्दी प्रति आपत्ति जनाएको हो ।

कोरोना महामारीको विषम् परिस्थितिमा राज्यले सबै नागरिकको स्वास्थ्य उपचारको पर्याप्त व्यवस्था गर्नुपर्ने अवस्थामा सरकारले कोभिड उपचारमा संलग्न उपत्यकाका सबै अस्पतालहरु र नेपाल एम्बुलेन्स सर्भिसलाई पत्राचार गरी कोभिड–१९ का बिरामीका लागि छुट्याइएका आइसोलेसन र आईसीयू बेडहरुमा बिरामी भर्ना गर्दा नेपाल सरकारले तोकेका चार जना अधिकृतको सिफरिसबाटमात्र भर्ना गर्नु भन्ने स्वास्थ्य तथा जनसंख्या मन्त्तालय, स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रद्वारा भदौ ५ गते गरेको पत्राचारप्रति नेविसंघको गमभीर ध्यानाकर्षण भएको छ,” नेविसंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

'यो संकटको समयमा मुलुक भर निषेधाज्ञा जारी छ। सहज रूपमा कहि पुग्न पनि सकिदैन। यो अप्ठेरो परिस्थितिमा संक्रमितहरू उपचार गर्न तर्फ लाग्ने कि सिफारिस लिन मन्त्रालय दौड़ने। सरकार जानी जानी गम्भीर अपराध गर्दैछ। यो सरकार यो गम्भीर महामारीमा केबल आफ्ना अरिगांलको मात्र उपचार गर्ने षड्यंत्र गर्दैछ हामी मान्दैनऊ' नेविसंघ महामन्त्री दीपक भटृराईले भने ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ