arrow

७० वर्षीया महिलाको प्लाज्मा थेरापीबाट उपचार

logo
प्रकाशित २०७७ भदौ ८ सोमबार
corona-plasma-therapy.jpg

रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कोरोना संक्रमित बिरामीको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको छ । 

कोरोना विशेष आइसोलेसन कक्षमा भेन्टिलेटरमा रहेकी रुपन्देहीकी एक ७० वर्षीया महिलालाई प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको हो ।

पहिलो पटक चिकित्सकबाटै रगत लिएर प्लाज्मा थेरापी शुरु गरिएको अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिए ।

कोरोनाको औषधि तथा खोप पत्ता नलागिसकेका अवस्थामा संक्रमितको स्वास्थ्यावस्थामा सुधार ल्याउन  प्लाज्मा थेरापी विधिबाट उपचार शुरु गरिएको थापाले बताए ।

उनका अनुसार अहिले कोरोना अस्पतालको सघन उपचार कक्षमा १७  संक्रमितको उपचार भइरहेको छ । तीमध्ये दुई जनाान अन्य स्वास्थ्य समस्या आएकाले भेन्टिलेटरको सहायतामा उपचार गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ