arrow

मुलुकमा कति थपिए संक्रमित तथा मृतक ?

logo
प्रकाशित २०७७ भदौ ८ सोमबार
corona-test-kit.jpg

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण सोमबार ७४३ जनामा देखिएकाो छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमति पत्रकार सम्मेलनमा  प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा विभिन्न प्रयोगशालामा १० हजार २३४ परीक्षण गरिएकोमा ७४३ जनामा संक्रमण देखिएको बताए । 

तिमध्ये  महिला २४६ र पुरुष ४९७ जना रहनु भएको छ । 

अहिलेसम्म नेपालमा ३२ हजार ६७८ जनामा कोरोना संक्रमण भइसकेको छ । यसैगरी सोमबार १७५ जना संक्रमण मुक्त भई घर फर्किएका छन् । अहिलेसम्म १८ हजार ८०६ जना संक्रमण जितेर घर फर्किसकेको उनले जानकारी दिए । 

निको हुने दर ५८ प्रतिशत रहेको छ । यसैगरी संक्रमितमध्ये १३८ जना सघन उपचार कक्ष (आइसियु)मा र १५ जना भेन्टिलेटरमा उपचार गरारहेका छन्। 

यस्तै काठमाडौ उपत्यकामा २२४ जनामा संक्रमण भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार काठमाडौमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना सोमबार देखिएका नयाँ संक्रमित हुन ।

यसैगरी ५०० भन्दा बढी संक्रमित भएका जिल्ला सात वटा रहेका छन । उनका अनुसार ती जिल्लामा मोरङ, पर्सा, महोत्तरी, रौतहट, सर्लाही, बारा,  र काठमाडौ रहेका छन् । यस्तै दुई जिल्ला  मुस्ताङ र हुम्ला संक्रमण मुक्त भएका छन । 

यस्तै सक्रिय सङक्रमित १३ हजार ७१५ रहेका छन भने आइसोलेसनमा नौ हजार १५४ जना र होमआइसोलेसनमा चार हजार ५६२ जना रहेका छन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ