arrow

लकडाउनमा जनतालाई सास्ती, उवासंघ सदस्यको होटलमा पास्नी

logo
प्रकाशित २०७७ भदौ ८ सोमबार
hotel-pasni.JPG

झापा । गौरादह नगरपालिकाले गठन गरेको सर्वपक्षीय बैठकले गरेको निर्णयको मसि सुक्न नपाउदै गौरादह उद्योग वाणिज्य संघका एक सदस्यले सो निर्णयको धज्जी उडाई दिएका छन  ।

कोरोना संक्रमण समुदायस्तरमा देखिएसंगै सर्वपक्षीय अर्थात नगरपालिका, उवासंघ गौरादह प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधी, प्रहरी प्रशासन आदिको सहभागितामा आइतबार बसेको वैठकले गौरादह नगरभर लकडाउन गर्ने निर्णय गरेको थियो ।

आफ्नै संस्था सहभागी रहेको बैठकको निर्णयलाई उल्टाउदै उनी लकडाउनको समयमा गौरादह डिपु चोकमा रहेको माछापुच्छ्रे होटेलमा छोरीको पास्ने मनाउन पुगेका थिए ।

उनि कार्यक्रममा सहभागी मात्र भएनन् । लकडाउनको समयमा होटेलमा मनोरन्जनात्मक कार्यक्रम गर्न हामीलाई छुट छ जस्तो गरेर ‘फेसबुक लाईभ’ समेत गर्न भ्याए ।

नेपालमा ‘सानालाई ऐन, ठुलालाई चैन’ भन्ने भनाई उनले पुष्टि गरिदिएका छन् । उवासंघ जस्तो सर्वमान्य संस्थाको सदस्यले यस्तो हर्कत गर्न मिल्छ भन्ने प्रश्न जनमानसमा तेर्सिएको छ । 

लकडाउनको समयमा किसान तथा अन्य सर्वसाधारण नागरिकलाई बजार निस्किदा निर्मम तरिकाले सोधीखोजी गर्दै हुर्मत लिने प्रहरी यस बिषयमा जानकारी नभएको बताउछ ।

यस बिषयमा बुझ्न खोज्दा ईलाका प्रहरी कार्यालय गौरादहका प्रमुख नारायण कुवरले आफु फिल्डमा गएर भर्खर आएका कारण आफुलाई जानकारी नभएको बताए ।

लकडाउनको वेवास्ता गर्दै माछापुच्छ्रे होटेल समेत संचालन भईरहेको छ । यस विषयमा बुझ्न खोज्दा संचालक जीवन उप्रेतीसंग फोन सम्पर्क हुन् सकेन ।

नेपाल सरकारले तोकेको अतिआवश्यक क्षेत्रमा होटेल व्यवसाय पर्दैन |  उद्योग वाणिज्य संघका सदस्यले आफ्नो मामाको होटेल भएका कारण सार्वजनिक स्थल नभएको र आफुहरु सामाजिक दुरी कायम राख्दै छोरीको पास्नी मनाएको दाबी गरे |



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ