arrow

पिसीआर नतीजा आउन लाग्यो एक साता

logo
नारायण अधिकारी,
प्रकाशित २०७७ भदौ ८ सोमबार
corona-pcr-lab.jpg

चितवन । कोरोना संक्रमित बढ्दै गएपछि प्रयोगशालामा चाप बढ्दा नतिजा आउन ढिलाई हुन थालेको छ । नमुना परीक्षणका लागि दिएकाले नतिजाका लागि एक सातासम्म कुर्नु परेको गुनासो गरेका छन् । 
    
पूर्वी चितवनको खैरहनीका पत्रकार धु्रवराज खनालले पिसीआरको नतिजा आउनका लागि एक साता बढी कुनुपर्ने भएकाले त्यहाँका चार नगरपालिकाले प्रयोगशाला स्थापना गनुपर्ने माग वढेको बताए । रतननगर नगरपालिकाका प्रमुख नारायण वनका अनुसार समयमा नतिजा नपाएपछि समस्या हुने गरेको छ  भने । उनले चार नगरप्रमुखहरुको बैठकले वागमती प्रदेश सरकारसँग प्रयोगशाला स्थापनाका लागि अनुरोध गरिएको बताए । भरतपुर महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदी स्वाबको नतिजा पाउन एक साता कुर्नु परेको बताउछन् । उनले भने “सोमबार नमूना पठाएको नतिजा हिजो प्राप्त गरेका छौ”, महानगरका ३ सय स्वाबको नतिजा आउन अझै बाँकी छ । 

समयमा नतिजा नआउँदा घरमा थुनिएर बस्नु परेको स्थानीयको गुनासो छ । जिल्लामा एउटा मात्र सरकारी प्रयोगशाला रहेको छ । भरतपुर अस्पतालले संञ्चालन गरेको भरतपुर कोभिड १९ प्रयोगशालाको क्षमता कम छ भने नमूना सङ्कलनको चाप बढेको छ । प्रयोगशाला प्रमुख डा. नीतु अधिकारी प्रयोगशालाले सात घण्टामा ९६ वटा मात्र नमूना परीक्षण गर्न सक्ने बताउछिन् । नमूनालाई मिसाएर गरिने पुल म्याथडबाट २४ घण्टामा ६ सय सम्म नतिजा निकाल्ने गरेको उनी बताउछन् । 

पाँचवटा सम्म नमूनालाई मिसाएर परिक्षण गरिने गरेको छ । सबै नमूनालाई मिसाउन नमिल्ने भएकाले चाप अनुसारको नमूना परीक्षण गर्न कठिन भएको अधिकारीको भनाइ छ । प्रयोगशालामा हाल आठ जना प्राविधिक कर्मचारीले काम गरिरहेका छन् । उनले भनिन् “रात दिन काम गरिरहेको भएपनि समयमा नतिजा दिन सकेका छैनौ ।” हाल प्रयोगशालामा ९ सय भन्दा बढी नमूना परीक्षणका लागि पालोमा राखिएको छ । 

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजरराज अधिकारी अस्पतालहरुमा संक्रमण फैलँदा बन्द भएका सेवा सञ्चालनका लागि चिकित्सक, स्वास्थ्यकर्मीको नमूना परीक्षण प्राथमिकतामा राखिएकै कारण क्वारेन्टिनमा वसेकाहरुको नतिजा आउन ढिला भएको बताउछन् । उनले भने “चिकित्सक, स्वास्थ्यकर्मीको परिक्षण गरेर जति सक्दो छिटो अस्पताल खोल्नुपर्ने बाध्यताका कारण क्वारेन्टिनका नमूनाको नतिजा आउन ढिलाई भएको हो ।” 

जिल्लामा निजी क्षेत्रबाट चितवन मेडिकल कलेजले प्रयोगशाला संञ्चालनमा ल्याएको छ । सो प्रयोगशालामा ६ घण्टामा ४ सय जनाको परीक्षण गर्न मिल्छ । 
सरकारी तवरबाट सङ्कलन भएका नमूना पठाएमा आँफुहरु परीक्षणका लागि तयार रहेको अस्पतालका अध्यक्ष एबं प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले बताए । उनका अनुसार मेडिकल कलेजको प्रयोगशालामा प्रत्यक्ष रकम तिरेर परीक्षण गर्न आउनेहरु दैनिक २ सय हाराहारी छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी प्रमुख डा. रुना झा सामान्यतया ७२ घण्टा भित्र नतिजा दिने गरी काम गर्नुपर्ने बताउछिन् । त्यहाँ बढी चाप भएमा नमूना यहाँ पठाउन आँफुले भनीसकेको उनले बताउछिन् । सरकारी प्रयोगशाला जहाँ कम चाप छ त्यही पठाएर व्यवस्थापन गर्न सकीने उनको भनाइ छ । निजी प्रयोगशालामा भने हालसम्म नपठाइएको उनले बताइन् । 

    
यहाँको सरकारी प्रयोगशालामा जिल्लाका सात स्थानीय तह, सरकारी र निजी अस्पताल, मेडिकल कलेजसँंगै छिमेकी जिल्लाबाट समेत नमूना पठाईने गरेको छ । चैत अन्तिम साता शुरु भएको सो प्रयोगशालाले हाल सम्म १८ हजार नमूना परीक्षण गरीसकेको छ । जिल्लामा पछिल्ला दिनहरुमा संक्रमण वढ्दो छ । हालसम्म ३६८ जना संक्रमित भईसकेका छन् भने तीन जनाको मृत्यु भएको छ । अस्पतालमा संक्रमण फैलिएपछि आकस्मिक वाहेकका सेवा वन्द भएका भरतपुर अस्पताल र वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल हाल सञ्चालनमा आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ