arrow

सशस्त्र प्रहरीद्वारा नेपालगन्जबाट लाखौंको अवैध कपडा बरामद

logo
प्रकाशित २०७७ भदौ ९ मंगलबार
sadi.jpg

नेपालगन्ज । सशस्त्र प्रहरी बाँकेको तस्करी समाप्त पार्ने अभियान तिब्र गति गएको छ। सशस्त्र प्रहरी बाँकेमा एसपी अशोक बम आएदेखि  दिनहुँ लाखौं रुपैयाँको अवैध सामाग्री बरामद गर्दै आएको छ।  सोही अभियानकै क्रममै सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा नेपालगन्ज ल्याउदै गरेको कपडा बरामद गरेको छ। 

 सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डको टोलीले गएराती ११ बजे  नेपालगन्ज १६ थुकैला भन्ने स्थानबाट अवैध रुपमा ल्याउदै गरिएको १४०० मिटर काँचो कपडा बरामद गरेको हो।

 सहायक निरीक्षक भाटको टोलीले कपडासंगै १२० पोका बिडी र ३०० पोका सुपरपावर सुर्ती बरामद गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

सशस्त्र प्रहरीले जानकारी दिए अनुसार बरामद गरिएका कपडाको मूल्य १ लाख ७ सय २८ रुपैयाँ रहेको छ भने सुर्तीजन्य सामाग्री बिडी र सुपरपावर सुर्तीको मूल्य क्रमशः १६ हजार ८०० रुपैयाँ र ४३हजार ५ सय रुपैयाँ रहेको छ। बरामद गरिएका सामाग्रीलाई आजै आबश्यक करबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाइने सशस्त्र प्रहरीले जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ