arrow

बम्जनलाई बोक्सा भन्दै हातपात, ६ पक्राउ

logo
प्रकाशित २०७७ भदौ ९ मंगलबार
pakrau-new.jpeg

सिन्धुली । बोक्साको आरोप लगाउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका—५ हात्तिदमारकी ३० वर्षीया हरिमाया वाइवा, २३ वर्षीय शुकबहादुर वाइवा, ५० वर्षीया फूलमाया वाइवा, २६ वर्षीया रजिनामाया वाइवा, २४ वर्षीय लाल भनिने तासिङ लामा र काभ्रे धुलिखेल नगरपालिका—८ का २२ वर्षीय सुरेन्द्र तामाङ वाइवा  छन् ।

सोही ठाउँ बस्ने लक्ष्मण बम्जनलाई बोक्सा भन्दै हातपात गरेको प्राप्त उजुरीका आधारमा उनीहरुलाई यही भदौ ७ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामहादुर खत्रीले बताए। 

पक्राउ परेका सबैलाई जिल्ला अदालत सिन्धुलीबाट सात दिनको म्याद थप गरी बोक्सीको आरोप लगाइएको मुद्दामा थप अनुसन्धान भइरहेको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ