arrow

विप्लवका इन्चार्ज चन्द्रबहादुर तारिकमा रिहा भएलगतै पुनः पक्राउ

logo
प्रकाशित २०७७ भदौ ९ मंगलबार
biplab-maobadi.jpeg

भोजपुर । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व समूहका केन्द्रिय सदस्य तथा मध्यपश्चिम इन्चार्ज चन्द्रबहादुर चन्द साधारण तारिकमा रिहा भएलगतै पुनः पक्राउ परेका छन् । 

हातहतियार तथा साङ्गठानिक अपराधलगायत चार मुद्दामा पक्राउ पर्नुभएका चन्दलाई जिल्ला अदालत भोजपुरले रु ६० हजार धरौटीमा रिहा गर्ने फैसला गरेको भएपनि चन्दले धरौटी तिर्न नसकेपछि कारगार चलान गरिएको थियो ।
 
सर्वोच्च अदातलमा गैर कानुनी रुपमा कारगार चलान भएको भनि बन्दिप्रत्यक्षीकरणको रिट परेपछि न्यायाधीशहरु दीपक कार्की र प्रकाशमान सिं राउतको आदेशमा बिना धरौती मंगलबार रिहा गरिएको जिल्ला अदालत भोजपुरले जनाएको छ । 

भोजपुरबाट रिहा हुने बितिकै चन्दविरुद्ध संखुवासभा जिल्लामा पनि हातहतियार तथा साङ्गठानिक अपराधसम्बन्धि नै मुद्दा रहेकोले पुनः पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । चन्दलाई साउन १५ गते काभ्रेपलाञ्चोकबाट नियन्त्रण लिएर भोजपुर ल्याइएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ