arrow

धारिलो हतियार प्रहार गरी शेरबहादुरको हत्या, हत्यारा गंगादत्त फरार

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७७ भदौ ११ बिहिबार
khukuri.jpg

दार्चुला । दार्चुलामा धारिलो हतियार प्रहार गरि एक जनाको हत्या गरिएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका —२ देथलाका अन्दाजी ४८ वर्षीय शेरबहादुर चन्दको हत्या गरिएको हो ।

चन्दको बिहीवार दिउँसो ३ बजेतिर गाउँकै गंगादत्त भट्टले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्र्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए । 

चन्दको शवलाई अहिले गोकुलेश्वर अस्पतालमा राखिएको छ । हत्यारा भट्ट फरार रहेका छन् । फरार भट्टको खोजी भइरहेको प्रहरी निरीक्षक जोशीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ