arrow

विप्लव कार्यकर्ता निउरे पक्राउ

logo
प्रकाशित २०७७ भदौ १२ शुक्रबार
biplab-maobadi.jpeg

बलेवा । विप्लव नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा)का जिल्ला सदस्य केशव निउरेलाई प्रहरीले पक्राउ गरेको छ ।

ताराखोला गाउँपालिका–५ घर भएका निउरेलाई प्रहरीले बिहीबार राति उनकै निवासबाट पक्राउ गरेको हो । राति ८ बजे निउरेको घरमा पुगेका सादा पोसाकका प्रहरीले उनलाई पक्राउ गरेको परिवारका सदस्यले बताएका छन् ।

प्रहरीले उनलाई जथाभावी चन्दा सङ्कलन गरेको आरोप लगाएको छ तर श्रीमती सरस्वती कँडेलका अनुसार उन खाना खाएर घरमै बसेको बेला पक्राउ परेका हुन्। 

पछिल्लो समय नेकपाले चन्दा लगायतका गतिविधि नगरेको परिवार स्रोतको दाबी छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीका अनुसार निउरेमाथि थप अनुसन्धान भइरहेको छ । यथेष्ट प्रमाण नभेटिएकाले खोजी भइरहेको समेत उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ