arrow

ई-कमर्स तथा अनलाइन डेलिभरी सेवालाई गरी खान दिन विवेकशीलको माग

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ १४ आइतबार
bibekshil-nepali-dal.JPG

काठमाडौं। यहि भदौ ११ गते काठमाडौँका विभिन्न स्थानहरूबाट ई-कमर्स तथा अनलाइन डेलिभरी सेवा उद्यमीहरू, डेलिभरी गर्ने व्यक्तिहरूलाई विना पक्राउ पुर्जी पक्राउ गर्ने र सवारी साधन नियन्त्रण लिने कार्य गृह मन्त्रालय अन्तर्गतका निकायहरूको मौखिक आदेशमा नेपाल प्रहरीबाट भएको भन्ने खबरप्रति विवेकशील नेपाली दलले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

सङ्क्रमणबाट जोगिन आवश्यक पर्ने सबैजसो मापदण्ड पूरा गर्दै महामारीमा सर्वसाधारणलाई सिर्जनशील तवरबाट सेवा सञ्चालन र महामारीका बखत धेर-थोर रोजगारी सिर्जना गरिरहेका ई-कमर्स तथा अनलाइन डेलिभरी सेवालाई निरुत्साहित गर्ने कार्य कुनै सरकारी निकायबाट हुन नहुने पक्षमा विवेकशील उभिएको छ।  

विवेकशील नेपाली दल ई-कमर्स तथा अनलाइन डेलिभरी सेवालाई गरी खाने वातावरण सिर्जना गर्न सम्बन्धित निकायसँग माग गरेको छ। 

कोभिड-१९ को महामारीले नेपालको हरेक क्षेत्र आक्रान्त भइरहेको अवस्थामा ई-कमर्स तथा अनलाइन डेलिभरी सेवा सञ्चालकहरूले निषेधाज्ञाको बेलामा डेलिभरी सेवा सुचारु गरेकोमा उनीहरु धन्यवादको पात्र भएको उल्लेख गर्दै घरबाट निस्कन नमिल्ने अवस्थामा पनि खाद्य तथा अन्य आवश्यक उपभोग्य सामानहरू डेलिभरी हुँदा आम नागरिकहरुलाई सहज बनाएको विवेकशीलकी उपाध्यक्ष अजीता राईले विज्ञप्ती निकाली बताएकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ