'सिटिइभिटीले कोरोनाबिरुद्ध फ्रन्ट लाइनमा कार्यरत विद्यार्थीलाई आतंकित बनायो'
प्रकाशित २०७७ भदौ १५ सोमबार
795
Shares
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) ले विगत २५ वर्षदेखि संचालित तालिम कार्यक्रमहरु बन्द गर्ने निर्णय गरेमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आपत्ति जनाएको छ । सिटिइभिटीबाट संचालित चिकित्सा शिक्षा सम्बन्धि सीएमए, एएनएम, ल्याब असिस्टेन्ट आयुर्वेदा लगायत टिएसएसी/एसईई स्तरका १८ महिने स्वास्थ्य तालिम खारेज गर्ने गरी गरिएको निर्णय प्रति नेपाल विद्यार्थी संघको गम्भिर आपत्ति जनाएको हो ।
हाल कोभिड-१९ बिरुद्धको लडाइमा फ्रन्ट लाइनरको रुपमा कार्यरत सीएमए, एएनएम, ल्याब असिस्टेन्टहरुलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टो उनीहरुसहित देशभर स्वास्थ्य शिक्षामा तालिमरत १२ हजार विद्यार्थीहरुलाई समेत आतंकित बनाउदै कुनै खाका र योजना विना नै बन्द गरिनु घोर आपत्तिजनक रहेको नेविसंघको ठहर छ।
नेविसंघको विज्ञप्तिमा भनिएको छ 'नया शैक्षिक सत्र र भना तथा पठनपाठनको सम्पूर्ण तैयारी भैसकेको अवस्थामा विद्यार्थी, अभिभावक र शिक्षण संस्था माथि यो निर्णयले ठुलो नकारात्मक असर पारेको छ । पुर्वाधार सम्पन्न संस्थाहरुलाई अपग्रेड गर्ने सम्बन्धमा कुनै सोच नराख्ने, चलिरहेका यस्ता सिपमूलक तालिमहरु बन्द गराउने तर लेभल-१, लेभल-२ जस्ता तालिमहरु मार्फत शुल्क असुल्ने क्रियालाप खराब नियत र मनशायबाट ग्रसित रहेको प्रष्ट छ। साथै सिटिइभिटी अध्ययन गर्ने विद्यार्थी हरुको बिगत १३-१४ महिना अगाडि दिइएको परिक्षाको परिक्षा फल रोकिएको, सबै विकल्म सहितको बैकल्पिक माध्यम बाट कक्षा संचालन हुन नसकेको, परिक्षा संचालन गराउने सम्बन्धमा गम्भीरता नदेखाएको विषयमा हम्रो गम्भिर ध्यानाकर्षण भएको छ।'
'परिक्षाका सन्दर्भमा डिप्लोमा तहका विद्यार्थी हरुको हकमा बिगतका आन्तरिक परिक्षा, आम्सिक परिक्षा दिने बिद्यार्थिहरुको हकमा विगतका गतिविधि र डिप्लोमा दोस्रो र तेस्रो साथै टिएसएसी अध्ययन गर्ने विद्यार्थीको हकमा अघिल्लो आन्तरिक परिक्षामा प्राप्त अक भारलाई आधार मानी मुल्यांकन पद्दतिलाई अबलम्बन गर्न पनि माग गर्दछु' अध्यक्ष राजिव ढुङ्गानाद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।
महामन्त्री दीपक भटृराईले भने,' खुलेका संस्थाहरूलाई पूर्वाधार सम्पन्न बनाउनु अपग्रेड गर्ने सोच राख्नु त परै जाओस् शैक्षिक माफ़ियाहरूको चंगुलमा परि सिप मुलक तालिमहरू बन्द गर्नु गैर जिम्मेदारीको पराकाष्टा हो। यो संकटको समयमा स्वास्थ्यसँगै शिक्षाको क्षेत्रमा सरकार मूर्ति बन्दिदा शिक्षा,परीक्षा र शैक्षिक सत्रको अन्योलताले लाखौ विधार्थीहरूको भविष्य अन्धकार भएको छ।'
त्यसैगरी इ-कमर्शलाई खोल्न नेविसंघले सुझाव दिएको छ । महामारीमा प्रविधिलाई प्रयोग गरेर घरबाटै काम हुने व्यवस्था मिलाई काठमाडौं उपत्यका तथा सम्भव हुने अन्य स्थानमा सुरक्षित तवरबाट ई कमसले घर घरमा अत्यावश्यक सामान पुरयाउने प्रवन्ध गर्न सुझाव छ ।