arrow

चार शिशुलाई जन्म दिएको भोलिपल्ट आमाको मृत्यु

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ भदौ १७ बुधबार
baby1.jpg

जनकपुरधाम । धनुषामा चार शिशुलाई जन्म दिने महिलाको बुधबार दिउँसो मृत्यु भएको छ । धनुषाको विदेह नगरपालिका वडा नम्बर ७ जोगियाराकी २६ वर्षीय अरमाना खातुनले मंगलवार साँझ शल्यक्रिया मार्फत एकैपटक चार शिशुलाई जन्म दिएकी थिईन् ।

एकैपटकमा चारवटा बच्चा जन्माएपछि खातुनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो । अरमानाको फोक्सोमा पानी तथा खुनको मात्रा जमेर पलमन्ड्री एडिमा देखिएपछि हिजोदेखि नै चिकित्सकको निगरानीमा भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो ।

 मंगलबार बिहान जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ स्थित काव्या अस्पतालमा भर्ना भएकी अरमानाको स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर सोनिया सिंहले शल्यक्रिया मार्फत बच्चाहरु निकालेकी थिईन् ।

अरमानाले शल्यक्रियामार्फत् जन्माएकी ती शिशुमा तीन छोरी र एक छोरा हुन् । शिशुहरु मध्ये छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

शिशुहरुको अवस्था समेत अस्थिर देखिएको र अहिले चारै बच्चाहरुलाई आइसियुमा राखेर उपचार भईरहेको काव्या अस्पतालका सञ्चालक डाक्टर एसके सिंहले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ