arrow

अधिकारीले बुहारीमाथि हाने बुहारी, घटनास्थलमै मृत्यु

logo
प्रकाशित २०७७ भदौ १८ बिहिबार
axe-attack.jpg

काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ दाप्चामा बिहिबार बिहान आफ्नै जेठाजुले बञ्चरो प्रहार गरी बुहारीको हत्या गरेका छन् । 

दाप्चाका सुदर्शन अधिकारीले अन्दाजी ३६ वर्षीया बुहारी रञ्जना तिमल्सिनालाई बञ्चरो प्रहरी गरी हत्या गरेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए । 

अभियुक्त अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ