arrow

बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनयन उधारो हो कि हाताहाती ? 

मन्त्रिपरिषद बैठकमा मनोनयनको एजेण्डा नै ल्याएनन ओलीले

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ १९ शुक्रबार
bamdev1.jpg

काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनयन गर्नेगरि राष्ट्रपतिलाई सिफारिस गर्ने भनिएको मन्त्रिपरिषद बैठकमा सो एजेण्डा नै प्रस्तुत भएन । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेकपा उपाध्यक्ष  गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने अपेक्षा गरिएपनि बैठकमा त्यो एजेण्डा नै बनेन । बिहान ११ बजेदेखि बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गौतमको सिफारिस नगरी बैठक सकिएको छ ।

शुक्रवार मनोनयन गरेको भए गौतमप्रतिको प्रतिबद्धता हाताहाती हुने नत्र फेरी उधारोमै रहने होकी भन्ने कानेखुशी चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई राष्ट्रियसभा मनोनयन गर्ने बिषय उधारोमै जाने हो कि भन्ने आशंका जन्माएको छ । गौतमलाई यसअघि फागुन १४ गते बसेको सचिवालय बैठकले राष्ट्रिय सभामा पठाउने निर्णय गरेको थियो । त्यो बेला प्रधानमन्त्री केपी ओलीले आफूले नमान्ने जवाफ दिएका थिए । त्यसयता उनको मनोनयमा ब्रेक लागेको थियो । 

चौतर्फी दबाबपछि बिहीबारको सचिवालय बैठकमा ओलीले गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णयमा सहमति जनाएका थिए । सचिवालयका सबै सदस्यहरुले गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णयमा सर्वसम्मती जनाएका थिए ।

गौतम बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएपनि राष्ट्रियसभामा लग्ने नेकपाले निर्णय गरिसकेको छ । तर फेरी पनि गौतम खाली हात हुने हुनकि भन्ने आशंका पनि उत्तिकै जन्मिएको छ । ओलीले बाध्यतावश आफूले गौतमलाई राष्ट्रिय सभामा लैजानुपर्ने भएको भन्दै मोरङका गुरु बराललाई रोकेका थिए । नत्र गौतमको स्थानमा खतिवडा वा बराललाई राष्ट्रिय सभा सदस्यमा मनोनय गर्ने योजना ओलीको थियो ।

प्रधानमन्त्री ओली आफ्ना विश्वासपात्र गैर राजनीतिक पृष्ठभूमिका युवराज खतिवडालाई राष्ट्रियसभामा लैजान चाहन्थे तर गौतमलाई राष्ट्रिय सभामा नपठाएमा आफूलाई पार्टी भित्र सँधै समस्यामा पर्ने भन्दै शक्ति सन्तुलनका लागि बामदेवको पक्षमा निर्णय गर्न बाध्य भएका थिए ।

नेकपा सचिवालयको गत फागुन १४ को बैठकको निर्णयलाई अहिलेसम्म मुल्तबीमा राखेर ओलीले खतिवडालाई राष्ट्रिय सभाको म्याद समाप्त भए पनि संविधानको सुविधा प्रयोग गर्दै ५ महिनादेखि मन्त्री बनाइरहेका थिए । सचिवालयको सिफारिसलाई कार्यान्वयन नगरी झण्डै ६ महिनासम्म अडिएका प्रधानमन्त्री ओलीले आफूसँग अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको द्वन्द्व निवारण गर्न वामदेवले आफ्नो पक्ष लिएको गुन तिर्न राष्ट्रिय सभामा लैजान सहमत भएपनि उनले मन्त्रीसमेत दावी गरेपछि ओली झस्केका छन्।

गौतमलाई राष्ट्रिय सभामा लैजान अर्का अध्यक्ष दाहालको दबाब र आफूलाई सांसद बनाउने सचिवालयको ५ महिनाअघिको निर्णय नउल्टिएको भन्दै बामदेवले ओलीलाई चेतावनी दिएका थिए । ओलीले वामदेवको विकल्पमा श्रीमती तुलासा थापालाई ल्याउने योजना बनाएका थिए तर त्यसमा वामदेवले असहमति जनाएका थिए । वामदेव प्रकरण टुंगिन अझै केहि समय लाग्ने देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ