arrow

कञ्चनपुरको दिल जितेका सिडिओ नुरहरी एकाएक तानिए पछि जिल्लामा आक्रोश

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७७ भदौ १९ शुक्रबार
nurhari-khatiwada.png

कञ्चनपुर । कञ्चनपुरको सीमा सुरक्षा र लकडाउन कार्यान्वयन संगै जनताको मन जितेका सिडियो नुरहरी खतिवडालाई एकाएक गृहमन्त्रालयले झिकाए पछि जिल्लावासीहरुमा आक्रोश देखिएको छ । 

गएको माघ महिनामा कञ्चनपुरको सुरक्षा लगायतको जिम्मेवारी पाएका सिडियो नुरहरी खतिवडा जिल्लामा आए लगत्तै कोरोना भाइरस नियन्त्रणमा कुसलता पुर्वक लागेका थिए । यो अवधिमा जिल्लाको सीमा सुरक्षा र अपराधिक गतिविधि नियन्त्रणमा समेत उनको पहल उल्लेखनीय रहेको थियो । 

जिल्लाको दक्षिणी भेगको पुनर्वास नगरपालिका ११ स्थित रहेको डोकेबजार-गौरीफन्टा अन्तरास्ट्रिय नाका जहाँ कैलालीका सुरक्षाकर्मीले सुरक्षा गर्दै आएका थिए । छिमेकी जिल्लाले कञ्चनपुरको नाकालाई ब्यबस्थित बनाउन असहज देखिए पछि प्रजिअ खतिवडाले आफ्नै जिल्लाबाट सुरक्षाकर्मी परिचालन गरि नाकामा कडाइ गरिए पछि उनी बिरुद्ध अभियान चलाएर शक्तिकेन्द्र धाउन थालिएको थियो । 

सीमानाकामा अपराधिक गतिविधि नियन्त्रण गर्दै यात्रुहरुको सहज चेकजाँचका लागि एक्सरे मेसिन राख्ने उद्घोष गरे संगै तस्करहरुको लविङ पश्चात् उनको सरुवा गरिएको स्थानीयहरुले बताएका छन् । 

पुनर्वास नगरपालिका ११ का वडा अध्यक्ष तुलसी अर्यालले भने - कैलाली मातहतमा डोकेबजार -गौरीफन्टा रहँदा नाकामा चरम लापरबाही हुन्थ्यो । सर्वसाधारणहरुले सास्ती बेहोरेका थिए । आफ्नो जिल्लाको सुरक्षा आफ्नै जिल्लाको सुरक्षाकर्मीहरुले गर्नु पर्छ भन्ने सिडियो खतिवडाको भनाइ सहि हुँदाहुँदै पनि तस्करहरुलाई सुरक्षित पार्न कैलालीका साँसद नारदमुनी राना र उद्योग मन्त्री लेखराज भट्टको पहलमा उनको सरुवा गरिनु गलत हो । पुनर्वास र सिंगो जिल्लाको लागि सिडियो गृहमा झिकाइनु अत्यन्तै गलत भएको वडा अध्यक्ष अर्यालले बताए । 

सीमाको सुरक्षा र अपराधिक गतिविधि नियन्त्रणमा जनताको मन जितेर काम गर्दै आएका सिडियो खतिवडालाई एकाएक गृहमा झिकाउनु उचित नभएको पुनर्वास नगरपालिकाका मेयर जीवन राज थापाले बताए । 

कञ्चनपुरको सीमानाका डोकेबजार-गरीफन्टालाई ब्यबस्थित बनाएर सुरक्षाको योजना सहित काम गर्दै आएका सिडियोलाई कैलालीका केही ब्यक्तिहरुको पहलमा सरुवा गर्ने कार्य गलत भएको पुनर्वास नगरपालिका ९ का वडा अध्यक्ष नारायण प्रसाद जैसीले बताए । सीमानाकामा सुरक्षा ब्यबस्था दरिलो बनाउने रणनीतिका साथ लागेका सिडियोलाई हटाउन कैलालीका तस्कर सहितका ब्यक्तिहरुको आग्रहमा उनलाई सरुवा गरिएको कार्य अनुचित भएको वडाध्यक्ष जैसीले बताए । 

कञ्चनपुरको भुभागमा रहेको डोकेबजार-गौरीफन्टा नाकामा खटिएका कैलालीका सुरक्षाकर्मीहरुले  बजारमा अनाबश्यक रुपमा दु:ख दिदैँ आएका थिए तर सिडियो खतिवडाको सक्रियतामा कञ्चनपुरका सुरक्षा कर्मी परिचालन गरिए पछि सहज भएको स्थानीय प्रेम थापाले बताए । 

कञ्चनपुरको पुनर्वास स्थित डोकेबजार - गौरीफन्टा अन्तरास्ट्रिय नाकालाई ब्यबस्थित पार्न सिडियो खतिवडाले योजना सहित कार्यान्वयनमा लागेकैबेला उनलाई गृहमा झिकाएर सह सचिव राम कुमार महतोलाई कञ्चनपुरको सिडियोमा पठाइएको छ । 

सिडियो खतिवडाले नेपाल-भारत अन्तरास्ट्रिय सीमा नाकामा सुरक्षाकर्मी , हेल्थ डेस्क स्थापना गरि सहज बनाएका थिए । नाकामा अतिक्रमण गरि बनाइएका खोका छाप्रा हटाएर सडक चौडा र सफा बनाउने अभियान सुरु गरे संगै आत्तिएका तस्कर र भु माफियाहरुको भनसुनका कारण सिडियो खतिवडाको सरुवा गराइएको स्थानीय बासिन्दाहरुको आरोप रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ