संक्रमणबाट कर्मचारीको मृत्यु, नेपालगञ्ज उपमहानगरपालिका पुनः सिल
प्रकाशित २०७७ भदौ २२ सोमबार
579
Shares
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका जिन्सी सहायक युवराज विक्रम घलेको कोरोना संक्रमणका कारण निधन भएपछि नेपालगञ्ज उपमहानगरपालिकाले गहिरो दुःख ब्यक्त गरेको छ।
उपप्रमुख उमा थापा मगरका अनुसार घलेको निधन भएपछि सोमबार एक दिन शोक मनाउन कार्यालय बन्द गरिएको छ । भोलिदेखि तीन दिनसम्म कार्यालय सिल गर्ने निर्णय पनि भएको छ । उपमहानगरपालिका कार्यालय आइतबारदेखि सुचारु हुनेछ ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले घलेको निधनबाट उपमहानगरपालिकाले इमान्दार राष्ट्रसेवक कर्मचारी गुमाएको बताउँदै शोक सन्तप्त परिवारमा सहानुभुति प्रकट गर्नुभएको छ ।घलेको आइतबार राती ८:३० बजे निधन भएको थियो।