arrow

चीन निकट पाकिस्तान ताइवानसँग हिमचीम बढाउँदै

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ २३ मंगलबार
Pakistan-Flag.jpg.jpeg

काठमाडौं। अन्तराष्ट्रिय राजनीतिमा चीन निकट रहेको पाकिस्तानले गोप्य रुपमा चीनले आफ्नो दावी गर्दै आइरहेको ताइवानसँग व्यापार सम्बन्ध बढाउँदै गएको छ ।

इजिप्टको राजधानी कायरोस्थित पाकिस्तान दूतावासमा रहेका व्यापार र लगानी प्रतिनिधि सिदराह हकले ताइवानका व्यापार केन्द्रका निर्देशक माइकल यहसँग कायरोमा भेट गर्दै व्यापार सम्बन्धका बारेमा छलफल गरेकी छन् । 

उनले माइकल यहसँगको तस्बिरसहित ट्विट गरेकी थिइन् । तर, पछि बेइजिङले आलोचना गर्ने त्रासका कारण उक्त ट्विट डिलिट गरेकी छन् । 

उनले आफ्नो ट्विटमा भनेकी थिइन्, "ताइवानमा एक वाणिज्य अधिकारी माइकल यहसँग भेट भएको छ । हामीले पाकिस्तान-ताइवानबीचको व्यापार सम्बन्धका बारेमा कुराकानी गरेका छौं । स्थानीय बजारमा मुख्य मागहरु र कायरोको वाणिज्य अनुभवसम्बन्धमा कुराकानी भएको छ । ताइवानसँग व्यापार सम्बन्धका बारेका कुराकानी गर्न पाउँदा खुसी लागेको छ ।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ