उपत्यकामा बिहीबारबाट निजी सवारी साधनमा जोर बिजोर लागू, पसल खोल्न समय तोकियो
निषेधाज्ञा केहि खुकुलो पारिदै
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ २४ बुधबार
488
Shares
काठमाडौं। काठमाडौं उपत्यकामा विहिबारबाट जोर विजोर प्रणाली अन्तर्गत नीजि सवारी साधन सञ्चाजन गर्न पाउने गरी निषेधाज्ञा खुकुलो पारिएको छ ।
बुधबार दिउसो उपत्यकाका तीन जिल्लाका सिडिओहरुको बैठकले केही सहजतासँगै निषेधाज्ञा पनि लब्म्याउने निर्णय गर्दै विहिबारबाट नीजि सवारी साधन सचालन गर्न पाउने गरी निषेधाज्ञालाई खुकुलो पारेको हो ।
त्यसैगरी विहान बेलुका पसलहरु खोल्न पाउने निर्णय समेत भएको छ । बैठकले सार्वजनिक यातायातको सम्बन्धमा भने कुनै निर्णय गरेको छैन ।
त्यस्तै, पसल व्यवसाय पनि विहान बेलुकी खोल्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमल प्रसाद पाण्डेले जानकारी दिए । उनले यसबाहेक अन्य विषयमा पनि सहजता ल्याइएको बताए ।
स्वास्थ्य सुरक्षा अपनाएर दैनिकी चलाउनुपर्ने अवस्थालाई निर्णय गर्दा ख्याल गरिएको प्रशासकीय अधिकृत पाण्डेको भनाई छ । उनका अनुसार सावधानी अपनाएर पसलहरु खोल्नु पर्ने लापारवाही गरे कारवाही गरिनेछ ।