arrow

थुनुवा विजयराम मृत्यु प्रकरणमा तत्कालिन एसपी खड्कासहित ६ जनाबिरुद्ध जाहेरी दर्ता

logo
प्रिमेश शिवाकोटी,
प्रकाशित २०७७ भदौ २४ बुधबार
sp-khadka.PNG

रौतहट। रौतहटका तात्कालीन प्रहरी प्रमुख एसपी रविराज खड्का सहित ६ प्रहरी बिरुद्ध जाहेरी दर्ता भएको छ । हिरासतमा रहेका एक युवालाई यातना दिएका कारण मृत्यु भएको घटनामा पीडित परिवारले रौतहटका तत्कालीन एसपी खड्का सहित जिल्लाका ६ प्रहरीविरुद्ध मृतकका बाबुले जाहेरी दिएका हुन । 

मृतक विजय रामका बाबु पनिलाल रामले यातना र ज्यानसम्बन्धी कसूरमा अनुसन्धान गर्न रौतहटका तत्कालीन प्रहरी प्रमुख एसपी रविराज खड्का सहित ६ प्रहरीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा जाहेरी दिएका हुन् । जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय गरुडाले यसअघि जाहेरी दर्ता गर्न मानेका थिएनन् । 

हिरासतमा यातना दिएको भन्दै इलाका प्रहरी कार्यालय गरुडाका तत्कालीन डीएसपी ज्ञानकुमार महतो, जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी निरीक्षक नवीन कुमार सिंह, सई वीरेन्द्र यादव, प्रहरी हवल्दार हिरोज मियाँ धुनियाँ र मुन्ना सिंहविरुद्ध बुधबार जाहेरी दर्ता भएको हो । 

आरोप लागेका प्रहरी प्रमुख खड्का हेडक्वाटर तानिएका छन् भने गरुडाका डीएसपी महत्तो प्रदेश प्रहरी कार्यालय जनकपुर तानिएका छन् ।  प्रहरी निरीक्षक सिंह र दुई हवल्दार निलम्बनमा छन् । दर्ता भएको जाहेरी जिल्ला सरकारी वकिल कार्यालय रौतहटले जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाएको जानकारी दिएको छ । 

गत साउन ३१ गते घाँटी रेटेर भएको निरन्जन रामको हत्याको आरोपमा पक्राउ परेका विजय रामको हिरासतमा रहेका बेला प्रहरीको यातनाका कारण भदौ ११ गते उपचारको क्रममा मृत्यु भएको परिवारको आरोप रौतहट प्रहरीमाथी छ । 

थुनुवालाई चरम यातना दिएर हत्या गरिएको र दोषीलाई जोगाउन आर्थिक चलखेल भएको भन्दै परिवारका सदस्यसहित दलित संगठन आन्दोलनमा छन् । दलित अगुवा धर्मेन्द्र पासवानले दोषीमाथि कारबाही नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ