arrow

सन्तान नहुनेको हुन सक्ने भन्दै करणी, पक्राउ परे टेकबहादुर ओली

logo
प्रकाशित २०७७ भदौ २५ बिहिबार
Rape.jpg.jpeg

डोटी । युवती बलात्कारका आरोपमा जोरायल गाउँपालिका–३ बरमका ३१ वर्षीय एक युवक बिहिबार पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार बलात्कारका आरोपमा पक्राउ पर्नेमा टेकबहादुर ओली  छन् ।

बिरामी युवतीलाई झारफुक गर्ने भनी आफ्नै गाउँकी युवतीलाई एक्लो अवस्थामा भेटेर बलात्कार गरेको उजूरीका आधारमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ ।

अभियुक्त ओलीले आफूले झरफुक गर्ने र सन्तान नहुनेको हुन सक्ने भनी निज युवतीलाई यही भदौ ३ गते बलात्कार गरेको प्रहरी कार्यालयमा उजुरी परेपछि उनलाई  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए ।

 घटनाका पीडित र अभियुक्त युवकलाई जिल्ला कार्यालयमा ल्याइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ