arrow

भरतपुर अस्पतालको प्रमुख मेसुमा डा पाण्डे

logo
प्रकाशित २०७७ भदौ २५ बिहिबार
bharatpur-aspatal-news.jpeg

भरतपुर । चितवनको भरतपुर अस्पतालका नयाँ मेडिकल सुपरिटेण्डेन्टमा डा राजन पाण्डे नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालको मेसुमा डा पाण्डेलाई नियुक्त गरेको हो । 

यसअघि अस्पतालमा डा श्रीराम तिवारी मेसु रहेका थिए। 

यही भदौ २४ गतेको मन्त्रिस्तरको निर्णयबाट उनलाई अस्पतालका प्रमुख मेसुमा नियुक्त गरिएको स्वास्थ्य मन्त्रालयका उपसचिव प्रमोद सिंखडाले जानकारी दिए ।

प्रमुख कन्सल्टेन्ट जनरल फिजिसियन डा पाण्डे नेपालगञ्जको भेरी अस्पतालमा कार्यरत थिए । डा पाण्डे एघारौँ तहका चिकित्सक हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ