arrow

कांग्रेस नेता स्वर्गीय पन्नाकाजी महर्जनको परिवारलाई सहयोग हस्तान्तरण 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ २५ बिहिबार
pannakaji-maharjan-congress.jpg

काठमाडौं। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ८ का तत्कालीन सभापति स्वर्गीय पन्नाकाजी महर्जनको उपचारका लागि संकलित रकम बिहिवार उनको परिवारलाई हस्तान्तरण गरिएको छ । 

मृगौलाको डायलासिस गरिरहेका महर्जन मृगौला प्रत्यारोपणको लागि अस्पतालको समय कुरिरहेका थिए । तर कोरोना संक्रमणका कारण उनको मृगौला प्रत्यारोपण पछि सरेको थियो । 

महर्जनको मृगौला प्रत्यारोपणका लागि कांग्रेसका स्थानिय नेता कार्यकर्ताहरुले सहयोग जुटाउन थालेका थिए। कांग्रेस संगठन विभाग सदस्य प्रगतिमान रंजितको अगुवाईमा केहि रकम संकलन पनि भइसकेको थियो भने केहि रकम अझै उठ्ने तयारीमै थियो । तर उठेको रकम तथा उठ्ने क्रममा रहेको रकम खर्चिन नपाउँदै उनको निधन भएको थियो ।   

बिहिवार महर्जनको १३ औं पुण्य तिथिका दिन उनको उपचारका लागि संकलित रू २ लाख ९२ हजार ९३३ रुपैयाँ उनकी श्रीमती मणि महर्जनलाई कांग्रेस केन्द्रीय संगठन बिभागका सदस्य रञ्जितले हस्तान्तरण गरेका हुन् । 

संगठनमा लागेर आफ्नो जीवन अर्पण गरेका महर्जनलाई स्वास्थ्य उपचारमा सहयोग गर्न नपाएपनि मरणोपरान्त सहयोग गर्न पाउँदा पनि सन्तोष भएको रञ्जितले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ