arrow

बैतडीका तीन स्थानमा सशस्त्रको बीओपी स्थापना

logo
प्रकाशित २०७७ भदौ २५ बिहिबार
apf-broder-sima.jpg

बैतडी । भारतसँग सीमा जोडिएका यहाँका शिवनाथ गाउँपालिका–१ स्थित कुस्मौत घाटमा बिहिबार सशस्त्र प्रहरीको सीमा निगरानी चौकी(बिओपी) स्थापना गरिएको छ ।

 सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटाउने नेपाल सरकारको नीतिअनुसार बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक गणेश शाहले जानकारी दिए । 

योसँगै बैतडीमा भारतसँग सीमा जोडिएका तीन स्थानमा सशस्त्र प्रहरीका बीओपी स्थापना भएका छन् । पञ्चेश्वर गाउँपालिकाको रोलघाट र सीमा नाका झुलाघाटमा सशस्त्र प्रहरीको बीओपी यसअघि नै स्थापना भईसकेका छन् । 

कुस्मौत घाटमा बिहिबार बिओपीको उद्घाटन गर्दै सशस्त्र प्रहरी बलको ७ नम्बर बाहिनीका बाहिनीपति हरिशंकर बुढाथोकीले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थितले सीमा सुरक्षा, अपराध न्यूनिकरणलगायतका कुरामा सहयोग पुग्ने बताए । 

जिल्लामा भारतसँग जोडिएको ६१ किलोमिटर सीमामा अहिले तीन ठाउँमा सशस्त्र प्रहरीको उपस्थिती भइसकेको सशस्त्र प्रहरी नायब उपरीक्षक शाहले बताए । चालु आवभित्रै जिल्लाका अन्य तीन स्थानमा पनि बिओपी स्थापनाको तयारी भइरहेको उनले जानकारी दिए । पञ्चेश्वरको विनायक घाट र धर्मघाट तथा दशरथचन्द नगरपालिकाको बाराकोटमा सशस्त्र प्रहरीको बिओपी स्थापना गरिने उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ