arrow

बीपी कोइराला प्रतिष्ठानद्धारा प्रजातान्त्रिक योद्धा शिव कंगाललाई सहयोग

logo
प्रकाशित २०७७ भदौ २५ बिहिबार
shiva-kangal-sahayog.jpg

काठमाडौं । जननायक बीपी कोइरालाको १०७ औं जन्म दिवसको सन्दर्भमा रामेछाप बीपी कोइराला प्रतिष्ठानले प्रजातान्त्रिक योद्धा शिव कंगाललाई आर्थिक सहयोग गरेको छ ।

बुधबार भक्तपुरको कौशलटार स्थित कंगालको डेरामा पुगी उनलाई १५ हजार १०० रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको नेविसंघका पूर्व केन्द्रिय सदस्य एवं प्रतिष्ठानका महासचिव रत्नहरी ढुंगेलले जानकारी दिए ।

प्रजातान्त्रिक आन्दोलनमा लामो समय जेल र प्रवास जीवन बिताएका कंगालको आर्थिक अवस्था दयनीय रहेको छ । 

प्रतिष्ठानका अध्यक्ष रामकृष्ण खड्काले कालो शिशाभित्र सयर गर्ने आलिशान बंगलाका मालिक सम्माननीय माननीयहरुले विगत भुल्दा देशभरका योद्धाहरुको ठूलो अपमान भएकाले नै शिव कंगाललाई सम्झेर सहयोगका लागि पुगेको बताएका छन् । 

उक्त अवसरमा योद्धा कंगालले देशमा अहिले राजनीति नभई व्यापार भएको भन्दै अपार पैसा बटुल्ने ब्यापार नै राजनीति बनेकाले यसलाई सुधार्नका लागि लाग्न युवाहरुलाई आह्वानसमेत गरेका छन् । 

कंगाललाई आर्थिक सहयोग हस्तान्तरण गर्न नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपाने, केन्द्रिय सूचना तथा प्रचार विभाग सदस्य मधुकर खनाल, नेताहरु बिमल वाग्ने, घनश्याम श्रेष्ठ, नारायण कुमार खड्का, प्रतिष्ठानका कोषाध्यक्ष जीवन कार्की, नेविसंघ जिल्ला अध्यक्ष सुशील अधिकारी, कालिन्चोक फाउन्डेसनका अध्यक्ष दिनेश खड्का लगायत पुगेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ