arrow

वैठक संचालन गर्ने जिम्मा प्रचण्डलाई, आफ्नो कुरा राखेर निस्के ओली

नेकपा स्थायी कमिटीमा अध्यक्षद्धयको प्रस्तावमाथि छलफल हुदै

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ २६ शुक्रबार
NCP_Standing_Comittee_Meeti.jpg

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । लामो सयमदेखि स्थगित भएको स्थायी कमिटीको विवाद समाधान उन्मुख भएपछि आज शुरु भएको हो।

बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको पार्टी र सरकार सञ्चालनसम्बन्धि १५ बुँदे प्रस्तावमाथि छलफल हुनेछ । त्यसअघि महासचिव विष्णु पौडेलको संयोजकत्वमा विवाद समाधान सुझाव कार्यदलले पेश गरेको प्रतिवेदनलाई पार्टीले ग्रहण गर्ने र दुई अध्यक्षले तयार पारेको प्रस्ताव माथि छलफल हुनेछ ।

गत असार १० गतेबाट सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषय चर्किएसँगै साउन १३ पछि अनिश्चितकालका लागि बैठक स्थगित भएको थियो । विवाद चर्कदै गएपछि गत साउन ३० गते महासचिव पौडेलको नेतृत्वमा गठन भएको ६ सदस्यीय कार्यदलले दिएको प्रतिवेदनका आधारमा अध्यक्ष ओली र प्रचण्डले बैठकका एजेण्डा तयार गरेका गरेका थिए ।

कार्यदललाई नै आधार बनाएर तयार एजेण्डामा दुई अध्यक्षको जिम्मेवारीबारे प्रस्ट पार्नेदेखि चैतमा महाधिवेशन गर्ने, निश्चित मापदण्डका आधारमा मन्त्रि तथा राजनीतिक नियुक्ति गर्ने, पार्टी एकताका बाँकी काम असोज महिनामा सक्ने,लगायतका विषय समेटिएका छन् । सो प्रस्ताव बुधबार नै स्थायी कमिटी सदस्यहरुलाई अध्ययन र सुझावका लागि पठाइएको थियो । कतिपय सदस्यहरुले विहिबार साँझ नै आफ्नो सुझाव दिइसकेका छन् । दुई अध्यक्षले ल्याएको प्रस्तावप्रति माधव नेपाल समूहले पर्ख र हेरको नीति अख्तियार गर्ने भएको छ ।

बैठकको शुरुमै आफ्ना कुरा राखेर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली बाहिर निस्केका छन् । उनले वैठक सञ्चालनको जिम्मा प्रचण्डलाई दिएर निस्केको एक स्थायी समिति सदस्यले बताए।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ