arrow

मधुमेह र उच्च रक्तचाप भएका पुरुषको संक्रमणबाट मृत्यु

logo
प्रकाशित २०७७ भदौ २६ शुक्रबार
Dead_Body.jpg.jpeg

रुपन्देही । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत पश्चिम नवलपरासीका एक कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको छ । 

अस्पतालको सघन उपचार कक्षमा उपचाररत सुस्ता गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए । 

भदौ १९ गते कोरोना संक्रमण पुष्टि भएका पुरुषमा कलेजो, मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ