arrow

उपत्यकामा ४३१ सहित एक हजार २०१ सङ्क्रमित

logo
रासस,
प्रकाशित २०७७ भदौ २७ शनिबार
corona-nepal-ministry.JPG

काठमाडौं। काठमाडौँ उपत्यकामा थप ४३१ सहित  एक हजार दुई सय एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौँ ३७७, ललितपुरका ३७ र भक्तपुरका १७ जनामा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल देशभरमा सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार दुई सय ६० रहेको जानकारी दिए। हालसम्म नेपालमा जम्मा सङ्क्रमित  ५३ हजार २२० छन्। आज विभिन्न जिल्लामा गरी ८५२  व्यक्ति कोरोना सङ्क्रमत मुक्त भएका छन्। हालसम्म सङ्क्रमत मुक्त हुनेको सङ्ख्या ३७ हजार ५२४ छ। नेपालमा जम्मा सङ्क्रमितमध्ये निको हुने ७०.६ प्रतिशत पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार १७६ नमूना परीक्षण भएका थिए। हालसम्म आठ लाख ३१ हजार ३६१ नमूना परीक्षण भइसकेका छन्। हाल देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या छ हजार ३५४ छ। देशभरमा सक्रिय सङ्क्रमितमध्ये नौ हजार १०७ संस्थागत आइसोलेशन र छ हजार १५३ होम आइसोलेशनमा छन्। देशभर १६० सङ्क्रमित सघन उपचार कक्षमा उपचाररत छन् भने २४ सङ्क्रमित भेण्टिलेटरमा छन्।

आजसम्म सात जिल्लामा सङ्क्रमित छ सयभन्दा बढी छन् भने सात जिल्ला शून्य छन्। पाँच सय भन्दा बढी सङ्क्रमित रहेका जिल्लामा सुनसरी, सर्लाही, चितवन, ललितपुर, काठमाडौँ र रुपन्देही छन्। त्यस्तै हाल सङक्रमितको सङ्ख्या शून्य रहेका जिल्लामा सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, ग्यादी र हुम्ला  छन्।

थप १४ को मृत्यु

काठमाडौँ उपत्यकामा पाँचसहित पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण थप १४ जनाको मृत्यु भएसँगै देशभर सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३३६ पुगेको छ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका पाँच जनाको मृत्यु भएको छ। काठमाडौँका ५१ र ५४ वर्षीय पुरुष तथा ७६ वर्षीया महिला र भक्तपुरका ३८ तथा ७४ वर्षीय पुरुषको मृत्यु भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ