arrow

मिर्गौलाको डायलिसिस गराउन गएकी महिलाको कोरोनाबाट मृत्यु

logo
प्रकाशित २०७७ भदौ २९ सोमबार
woman-dead-body.jpg

रुपन्देही । कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा सोमबार बिहान ४:३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा यही भदौ २१ गते मिर्गौलाको डायलिसिस गराउन आएकी महिलामा कोरोना पोजेटिभ देखिएपछि उपचारका लागि कोरोना विशेष अस्पताल बुटवलमा लगिएको थियो । सघन उपचार कक्षमा राखेर उनको उपचार भइरहेको थियो । 

कोरोना विशेष अस्थायी अस्पतालको सघन उपचार कक्षमा १७ र भेन्टिलेटरमा एक जना कोरोना संक्रमितको उपचार भइरहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ