arrow

मुलुकभर १०२ पत्रकारमा कोरोना संक्रमण, सबैभन्दा बढी प्रदेश नं २ मा

logo
प्रकाशित २०७७ भदौ २९ सोमबार
covid-test-positive-corona.jpg

काठमाडौँ । नेपालमा अहिलेसम्म १०२ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । 

सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका १०२ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । महासङ्घका अनुसार तीमध्ये सबैभन्दा बढी प्रदेश नं २ मा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

प्रदेश नं १ मा १७, वाग्मती प्रदेशमा २६, गण्डकी प्रदेशमा १५, प्रदेश नंं ५ मा १२ र कर्णाली प्रदेशमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको महासङ्घका सचिव प्रकाश थापाले जानकारी दिए । संक्रमितमध्ये केही निको भइसकेका छन् भने केही उपचाररत अवस्थामा रहेको उहाँको भनाइ छ । 

कार्यस्थलमा गई खटिने पत्रकार, फोटो पत्रकारमा बढी संक्रमण देखिएको छ । महासङ्घका महासचिव रमेश विष्टले संक्रमित भएर आइसोलेशनमा बस्दा पनि पत्रकारले कामलाई भने निरन्तरता दिएको बताए । 

महासङ्घले महामारीको विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका साथ सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरेर काम गर्न सबैमा अनुरोध गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ