arrow

कांग्रेसको १४ औं महाधिवेशन निष्पक्ष हुनेमा नेता सिटौलाको शंका

logo
हाम्रा कुरा
प्रकाशित २०७७ भदौ २९ सोमबार
krishna-prasad-sitoula.jpg.jpeg

काठमाडौं। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको आगामी १४ औं महाधिवेशन निष्पक्ष ढंगबाट सम्पन्न हुनेमा शंका उत्पन्न भएको बताएका छन्। पार्टीका केन्द्रीय पदाधिकारी, जिल्ला नेतृत्व साथै आम कार्यकर्ताहरुले नै आगामी महाधिवेशन निष्पक्ष हुन नसक्ने बताइरहेका बेला यसतर्फ सबै सचेत हुनुपर्ने बताएका हुन।

केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रदेश नम्बर १ अन्तर्गतको मेची अन्चलका नेता कार्यकर्ताहरुसँगको जुम प्रशिक्षणका क्रममा नेता सिटौलाले १४ औं महाधिवेशनबाट सर्वसहमतिमा नेतृत्व चयन हुन सक्ने अवस्था पनि नरहेको औंल्याए। ‘महाधिवेशन जति ढिलो हुँदै जान्छ पार्टीलाई उत्तिनै कठिनाइ हुने भएकाले कार्यकर्ताको भावना अनुरुप महाधिवेशन सम्पन्न गर्नुपर्छ’, उनले भने, ‘बर्तमान नेतृत्वले तल्लो स्तरसम्मका कार्यकर्ताहरुलाई समेट्न नसकेकाले महाधिवेशनबाट स्पष्ट मूल्यांकन हुनेछ।’

नेता सिटौलाले यस्तै तरिकाले पार्टी नचल्ने भएकाले देशको संरक्षकका रुपमा भूमिका निर्वाह गर्न पार्टीको नवजीवन आवश्यक रहेको बताए। अबको नेतृत्वले बामपन्थीलाई मत दिएका जनताको मन जित्न र देशको संरक्षक बन्न जरुरी रहेको  औल्याए । उनले तुरुन्तै केन्द्रीय समिति बैठक ढाकेर महाधिवेशनको खाका तयार गर्न र देखिएका समस्या समाधान गर्न जरुरी रहेको बताए।

फरक प्रशंगमा नेता सिटौलाले कम्युनिष्ट सरकार शासन प्रणालीलाई अधिनयावादतर्फ उद्दत रहेकाले यसलाई रोकेर लोकतान्त्रिक शासन ब्यवस्थालाई स्थापित गर्न कांग्रेसको भूमिका महत्वपूर्ण हुने बताए।

कम्युनिष्ट सत्ताले संविधान र संघीयता सिद्ध्याउनै लागेको कांग्रेस उपसभापति बिमलेन्द्र निधिले आरोप लगाए। 

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिष्टसँग प्रतिस्पर्धा गर्न पार्टीलाई प्रविधिमैन्त्री बनाउँदै युवाहरुलाई आकर्षित गर्नुपर्ने बताए।

कार्यक्रममा केन्द्रीय सदस्य भिष्मराज आङदम्बे, सरिता प्रसाइँ, नेता केशव कुमार बुढाथोकी झापाका सभापति सुधिर सिवाकोटी, इलाम जिल्लाका सभापति हिमालय कर्माचार्य लगायतले आफ्नो धारणा राखेका  थिए।

नेपाली काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको संयोजनमा झापा, इलाम, पाँचथर तथा ताप्लेजुङ जिल्लाका प्रशिक्षण शाखाहरुले आयोजना गरेको कार्यक्रममा मेचीका केन्द्रीय सदस्यहरु, जिल्ला सभापतिहरु, महासमिति तथा महाधिवशेन प्रतिनिधि लगायत भातृ संस्था समेतका नेताहरु सहभागि रहेका थिए।

कम्युनिष्ट सत्ताले संविधान र संघीयता सिद्ध्याउनै लागेको कांग्रेस उपसभापति निधिको आरोप



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ