arrow

११ सय ७० जनामा संक्रमण, १५ जनाको गयो ज्यान

logo
प्रकाशित २०७७ भदौ २९ सोमबार
corona-test-kit.jpg

काठमाडौं । देशभरमा पछिल्लो २४ घण्टामा  ११ सय ७० जना नयाँ संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमितमध्ये  ३९९ महिला र ७७१ पुरुषरहेका छन्।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल देशभरमा सक्रिय संक्रमितको संख्या १५ हजार ३ सय ९३ रहेको जानकारी दिए । उनका अनुसार  १० हजार ८७८ जनामा गरिएको पिसिआर परीक्षणमा एक हजार १७० जनामा संक्रमण देखिएको हो ।

 हालसम्म नेपालमा जम्मा संक्रमित ५५ हजार ३२९  छन् । सोमबार विभिन्न जिल्लामा गरी ८ सय ७९ व्यक्ति कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको सङ्ख्या ३९ हजार ५ सय ७६  छ । 

साथै काठमाडौँ उपत्यकामा ५ सय १२  नयाँ संक्रमित थपिएका छन् । उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौँमा ४४०, ललितपुरमा २९ र भक्तपुरमा ४३  छन् ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा  १० हजार ८७८  नमूना परीक्षण भएको थियो । हालसम्म सात लाख ८ लाख ५१ हजार ४०५नमूना परीक्षण भइसकेको छ । हाल देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या ६ हजार ८९२  छ । यसैगरी संक्रमितमध्ये सघन उपचार कक्ष (आइसियु)मा १७९ र भेन्टिलेटरमा २९ जना रहेका छन । आइसियुमा प्रदेश नं. १ मा पाँच, प्रदेश नं २ मा नौ, वागमतीमा १२९, गण्डकीमा छ, प्रदेश नं ५ मा २० जना र कर्णाली प्रदेशमा १० जना छन । यस्तै भेन्टिलेटरमा प्रदेश नं. १ मा एक, वागमतीमा २६, प्रदेश नं. ५ मा एक र सूदुरपश्चिम प्रदेशमा एक जना रहेका छन ।

 पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण थप  १५ जनाको मृत्यु भएसँगै देशभरमा संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३ सय ६०  पुगेको छ । पछिल्लो विवरणअनुसार मृत्यु हुनेमा ५ महिला र १० जना पुरुष रहेका छन्। 

मृतक महिलामा काठमाडौँकी ६१ वर्षीया, गोरखाकी ६३ वर्षीया, नवलपरासीका ६२ वर्षीया, पर्साकी ५५ वर्षीया, कपिलवस्तुकी ४७ वर्षीया रहेका छन् । पुरुषमा मोरङका २ जना ४० वर्षीय र ७० वर्षीय पुरुष,काठमाडौँका ५ पुरुष ७७ वर्षीय, ६२ वर्षीय, ७३ वर्षीय, ८५ वर्षीय, ७० वर्षीय रहेका छन् ।

 त्यसैगरी ललितपुरका ५५ वर्षीय, भक्तपुरका ७३ वर्षीय र रामेछापका २३ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमा अनुसार ५०० भन्दा बढी संक्रमित भएका सात जिल्ला मोरङ, सुनसरी, सर्लाही, काठमाडौ, चितवन, भक्तपुर र  रुपन्देही छन् । संक्रमति शुन्य रहेकामा सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ