arrow

किशोरीमाथि सामूहिक करणी, तीन भाइ पक्राउ

logo
प्रकाशित २०७७ भदौ ३० मंगलबार
Rape-Cases.jpg

ओखलढुङ्गा । ओखलढुङ्गामा  चम्पादेवी गाउँपालिकाकी एक १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पीडित पक्षले प्रहरीमा दिएको जाहेरीका आधारमा १४ र १६ वर्षका दुई बालकसहित १८ वर्षका युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक मिलन बस्नेतले बताए । 

आरोपितलाई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा ल्याइएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको र तीनमध्ये एक जनाले बलात्कार गर्न सहयोग गरेको तथा अन्य दुईले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी निरिक्षक बस्नेतको भनाइ छ ।

किशोरीको स्वास्थ्य परीक्षण पछि उपचार भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ