arrow

मदिरा पिएर कलेजोमा समस्या देखिएका पुरुषमा कोरोना, ३ दिनपछि मृत्यु

logo
प्रकाशित २०७७ असोज १ बिहिबार
Dead_Body.jpg.jpeg

पाल्पा । पाल्पामा कोरोना संक्रमित एक पुरुषको बिहिबार मृत्यु भएको छ । भुसालडाँडामा स्थापित आइसोलेशनमा रहेका तानसेन नगरपालिका –७ का ५२ वर्षीय पुरुषको बिहान मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए। 

अत्यधिक मदिरा सेवनले कलेजोमा समस्या देखिएपछि युनाइटेड मिसन अस्पतालमा भर्ना गरिएका ती बिरामीलाई कोरोना देखिएको थियो ।  

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा गत भदौ २९ गते कोरोना संक्रमणको पुष्टि भएपछि उनलाई आइसोलेशनमा राखेर उपचार गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ