arrow

यूथ कांग्रेसले माग्यो काठमाडौंका मेयर शाक्यको ‘आईसोलेसन’ बसाईको खर्च विवरण

logo
प्रकाशित २०७७ असोज १ बिहिबार
youth-congress-mayor-corona.jpg

काठमाडौं। काठमाडौं महानगरका मेयर विद्या सुन्दर शाक्य कोरोना संक्रमण पछि सोल्टी होटेलमा आईसोलेसनमा बसेको र उक्त बसाईको खर्च विवरणको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन यूथ कांग्रेसले महानगरपालिकासंग माग गरेको छ।

यूथ कांग्रेसले अध्य्यन प्रयोजनकालागि सुचनाको हक सम्बन्धी ऐन २०६४को दफा ३ र ७ अन्तर्गत उक्त विवरण उपलब्ध गराउन माग गरेको छ। बिहिबार महानगरपालिकाका सुचना अधिकारीलाई खर्च विवरण माग गर्ने क्रममा निवेदन दिएको यूथ कांग्रेसले जनाएको छ।

उक्त निवेदनमा महानगरपालिकाका मेयर शाक्य सोल्टी होटलको आईसोलेशनमा बसेको र उक्त बसाईको खर्च महानगरले व्योहोरो हो वा होईन भनि जानकारी माग गरिएको छ। सो अवधिको खर्च महानगरपालिकाले गरेको हो भने खर्चको पुर्ण विवरण उपलब्ध गराउन यूथ कांग्रेसले माग गरेको छ।

बिगत छ महिनादेखि महानरगपालिकाका कर्मचारी, पदाधाकरी र सदस्यहरुको कोभिड उपचार र सुरक्षा सम्बन्धी गरिएको खर्च विवरण पनि यूथ कांग्रेसले उपलब्ध गराउन माग गरेको छ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ