arrow

गणेशमान सिंहको २३ औं स्मृति दिवसमा माल्यार्पण र पार्क सरसफाई

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २ शुक्रबार
nc-bp-ganeshman.jpg

काठमाडौं। नेपाली कांग्रेस (बीपी) ले गणेशमान सिहंको २३ औं स्मृति दिवसमा काठमाडौंको रत्नपार्क स्थित शान्तिवाटीकामा स्वर्गीय गणेशमानसिंहको शालिकमा माल्यार्पण सहित वाटीका सरसफाई गरि मनाएको छ ।

माल्यार्पण पछि भएको कोणसभामा बोल्दै सभापती हरिबोल भट्टराई, पूर्वमन्त्री तथा पार्टी महामन्त्री सुशीलमान शेरचन लगायतले गणेशमान सिहंको योगदानको चर्चा गरेका थिए ।

नेपाली कांग्रेसले गणेशमान सिहंलाई अन्तिम समयमा पार्टी छोडन बाध्य पारिएको भन्दै उहाँको शालिकमा माल्यार्पण गर्ने तथा स्मृति र जन्म जयन्ति मनाउने तथा फोटो बेच्ने अधिकार अब सो पार्टीलाई नभएको कांग्रेस बीपीका नेताहरुले जिकिर गरे ।

कार्यक्रममा नेकपा माओवादी सर्वहाराका अध्यक्ष भावना बिद्रोहीले पनि सिहंको योगदानको चर्चा गरेकी थिइन्।

पार्टीले सिहंको शालिक रहेको शान्तिवाटीकामा सभापती भट्टराई लगाएत नेता कार्यकर्ताले सहयोग गरि सरसफाई पनि गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ