arrow

उपसभामुख चयन नहुँदा संविधान पालनामा गम्भीर प्रश्न खडा भयो – सांसद केसी

logo
प्रकाशित २०७७ असोज ४ आइतबार
rajendra-kc-rajan-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं पूर्व मन्त्री राजेन्द्र केसी राजनले उपसभामुख चयन हुन नसक्दा संविधान पालनामा गम्भीर प्रश्न खडा भएको बताएका छन् ।

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन डिएलएले संविधान दिवसको अवसर पारेर आयोजना गरेको ‘संविधान कार्यान्वयनका पाँच बर्षः  सफलता तथा चुनौतीहरु विषयक भर्चुअल कार्यक्रम’ मा उनले उपसभामुख चयन हुन नसक्दा संविधान पालनामा प्रश्न खडा भएको बताएका हुन् । 

सांसद केसीले संविधानले व्यवस्था गरे बमोजिम स्थानिय तह,  प्रदेश र केन्द्र सरकारले संविधानले व्यवस्था गरे बमोजिम कानुन निर्माण गर्न नसकेको बताए । 

उनले मौलिक हकहरु कार्यान्वयनको सन्दर्भमा केही कानुन निर्माण गरिए पनि कार्यान्वयन हुन नसकिरहेको गुनासो गरे ।

सांसद केसीले संघीय लोकतान्त्रिक गणतन्त्रको शुद्धीकरणमा देखिएको चुनौतीहरुका सम्बन्धमा मुलुकको समृद्धि गर्ने उदेश्यले संविधान निर्माण भए पनि  कार्यान्वयन पक्ष अत्यन्त कमजोर भएको कारण संविधान नै धरापमा परेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ