arrow

महिला सैनिकको मृत्यु, सेनामा दुई हजार बढी संक्रमित

logo
प्रकाशित २०७७ असोज ४ आइतबार
nepal-army-new.jpg.jpeg

काठमाडौँ । नेपाली सेनामा कार्यरत एक सैनिकको कोरानाबाट मृत्यु भएको छ । 

काठमाडौँमा सेवारत रामेछाप घर भएका ती ३४ वर्षीय सैनिकको गत भदौ २९ गते मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।  
निर्देशनालयका अनुसार मृतक सैनिकको यही असोज १ गते कोरोना परीक्षणको नतिजा आएको थियो  । 

यसैबीच नेपाली सेनामा हालसम्म कोभिड–१९ को संक्रमण पुष्टि भएको सङ्ख्या दुई हजार ५६ पुगेको छ ।

 तीमध्ये ४०१ जनालाई निको भइसकेको भने एक हजार ६५४ सक्रिय सङ्क्रमित भएको सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ