arrow

भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै पुरुषको मृत्यु

logo
प्रकाशित २०७७ असोज ४ आइतबार
Dead_Body.jpg.jpeg

राँझा । बाँकेमा कोरोना संक्रमणबाट गएराति थप एक ५९ वर्षीय पुरुषको मृत्यु भएको छ ।

दुवै फोक्सोमा निमोनिया भएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका­२१ का पुरुषको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार स्वासप्रश्वासमा समस्या भएपछि भदौ २० गते साँझ भेरी अस्पताल नेपालगञ्जमा भर्ना गराइएको थियो । 

कोरोनाको लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा भदौ २१ गते संक्रमण देखिएको थियो । उपचारकै क्रममा स्वास्थ्य अवस्था बिग्रिदै गएपछि शनिबार साँझदेखि भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको श्रेष्ठले बताए ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ