arrow

नेकपाको वैठकस्थल वरिपरि सर्वसाधारणलाई हिड्नमा पनि प्रतिबन्ध

बैठकस्थलको सुरक्षा व्यवस्था देखेर कार्यकर्ता नै छक्क 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ४ आइतबार
ncp-meeting-perisdada.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक कडा सुरक्षा व्यवस्थाका साथ पार्टी कार्यालय पेरिसडाडामा भएको छ । पूर्वमाओवादी पार्टीको कार्यालय रहेको पेरिसडाँडामा सचिवालय बैठक सुरू भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा सहभागी भएपछि पेरिसडाँडाको सुरक्षा व्यवस्था कडा पारिएको छ । आफूलाई कम्युनिष्ट पार्टीको नेताका रुपमा चित्रण गर्नेहरुले सयौ सुरक्षाकर्मीहरु परिचालन गरेर बैठक गरेको बिषयमा वैठकस्थलमै रहेका पार्टीका नेता कार्यकर्ताहरुले टिप्पणी गरेका छन् । पेरिसडाडा वरिपरि सामान्यतया हिडडुलमा समेत रोक लगाइएको छ । 

यसअघि प्रधानमन्त्री निवास वालुवाटारमा बस्दै आएको नेकपा सचिवालय बेठक पेरिसडाडामा राखिएको हो । वालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारीको अधिकार दिएपछि दुवै अध्यक्षको सहमतिका आधारमा आजको बैठक राखिएको हो ।

बैठकमा सबै नेताहरु सहभागी छन् । बैठकमा सरकारको कामकारवाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल हुनुका साथै मन्त्रीपरिषद पुर्नगठनको बारेमा पनि छलफल हुने स्रोतले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ