arrow

नेकपाको वैठकस्थल पेरिसडाँडाबाट बालिका पक्राउ

logo
प्रकाशित २०७७ असोज ४ आइतबार
ncp-perisdada.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वैठकस्थल पेरिसडाँडाबाट प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । नेकपाको सचिवालय बैठक बसेको स्थान  पेरिसडाँडाबाटबाट प्रहरीले बालिका खड्कालाई पक्राउ गरेको हो । आइतबार पूर्वमाओवादी पार्टीको कार्यालय रहेको पेरिसडाँडामा सचिवालय बैठक सुरू भएको छ ।

नेकपाको सचिवालय बैठकका क्रममा भित्र पस्न खोजेपछि दोलखाकी बालिका खड्कालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए । पेरिसडाँडाको सुरक्षा व्यवस्था कडा पारिएको छ । 

झोला देखाउन आग्रह गर्दा नदेखाएर जबर्जस्ती जान खोजेपछि नियन्त्रणमा लिइएको उनले जानकारी दिए । प्रहरीका अनुसार खड्कालाई धर्नामा बस्न आएको र अन्य साथीसमेत आउन लागेको बताएपछि नियन्त्रणमा लिइएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ